यस्तो बनाउदैं छ विप्लव नेकपाले आन्दोलनको खाका (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

यस्तो बनाउदैं छ विप्लव नेकपाले आन्दोलनको खाका (भिडियोसहित)

khadga bahadur bishwakarma

काठमाडौं, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी सत्ताधारी राजनितिक दल मात्र होईन अर्को राजनितिक दलको नाम पनि नेपाल कम्युनिष्ट पार्टी रहेको छ । नेपाल कम्युनिष्ट पार्टीले न निर्वाचन आयोगमा दर्ता गरेको छ न त दर्ता गर्ने मुडमा नै रहेको छ । उसले यो व्यवस्था र सविधान यसले निकास दिदैन र मानिसहरु वैकल्पिक प्रणालीको खोजिमा छन् भन्ने पार्टीको धारणामा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीलाई ६२/६३ सालमा पार्टीलाई धोका भएको आरोप लगाउछन् । सामाजिक रुपमा डोमिनेटमा परेका महिला, जनजाती क्षेत्र हेरेर सबैको प्रतिनिधित्व गर्ने पार्टी थियो । जनयुद्द जसरी उठान गर्यो त्यो सहि हुनु र त्यसको प्रतिनिधि हुनु नेपालका सबै पार्टी प्रति नेपाली जनताले आस्था राख्दा माओवादी पार्टी आन्दोलन उभिन आएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी जसलाई नेत्र विक्रम चन्दले नेतृत्व गरेका छन् । त्यो वैकल्पिक प्रणाली या व्यवस्था कस्तो खालको हो ? पार्टीले खोजेको र अब जान खोजेको पार्टी कुन हो ? प्रचण्ड कत्तिको स्टेडको मान्छे छन् त ? यी र यस्तै विषयमा केन्द्रित रहेर थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);