ओली सरकार कम्युनिष्ट हो भन्दा लाज लाग्ने दिन आयो : अमिक शेरचन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओली सरकार कम्युनिष्ट हो भन्दा लाज लाग्ने दिन आयो : अमिक शेरचन (भिडियो सहित)

kharo

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी देशको सबैभन्दा ठुलो राजनितिक शक्ति हो । उसैको नेतृत्वमा सरकार संञ्चालन भईरहेको छ ।त्यो ठुलो राजनितिक दल भनेर मानिसहरुले आशा र अपेक्षा पनि ठुलै गरेका छन् । चुनावमा पाएको त्यति ठुलो म्यान्डेट र त्यो म्यान्डेट पाईसकेपछि यो सरकारलाई पाँच वर्ष सरकार संञ्चालन गर्ने सुविधा तथा म्यान्डेट पनि छ । तर, त्यो सरकार गठन भईसकेर अहिले करिव-करिव एक वर्ष पुग्न लाग्दा खेरि सरकारले सोचे अनुसारको काम गर्न सकेन भनेर आलोचनाहरु भईरहेको छ ।

कतिपय बाम विश्लेषक तथा बाम टिप्पणीकारहरुले नै भनेका छन् कि यो सरकारलाई कम्युनिष्ट सरकार नभनि देउ भनेर उनीहरुले सार्वजनिक रुपमा नै लेखेर भन्दै आएका छन् । वास्तवमा त्यो ठुलो जनमत पाएको नेपाल कम्युनिष्ट पार्टी यति बलियो छ जसलाई कसैले पनि हल्लाउन सक्दैन र हल्लिनु पर्ने अवस्थामा पनि छैन । तर, उसले भनेको जस्तो चाहेको जस्तो, गर्न खोजेको जस्तो र उसले आश्वासन बाँडेको जस्तो काम गर्न सकिरहेको छैन । जनताको चाहना अनुसार पनि काम गर्न सकिरहेको छैन ।

कस्ले यति बलियो, महत्वपुर्ण सरकारलाई, बलियो दललाई रोक्दो रहेछ ? यसको पछाडिको कारण के रहेछ त ? के यस्तो राजनितिक संक्रमणको बेलामा यस्तै हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता अमिक शेरचनसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);