बंगलादेश र म्यानमारको चेपमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बंगलादेश र म्यानमारको चेपमा नेपाल

pradesh

काठमाडौं, ४ मंसिर । बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन ।

पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ ।

७ लाख २० हजारभन्दा बढी रोहिंग्यालाई हिंसात्मक बल प्रयोग गरी देश निकाला प्रकरणलाई लिएर राष्ट्रसंघमा मतदान भएको हो ।

इस्लामिक संगठन (ओआईसी) र युरोपेली संघ (इयु)ले शुक्रबार राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा म्यान्मारका मानव अधिकार उल्लघंनकर्ता दोषीलाई कारबाही माग गरी दर्ता गरेको संकल्प प्रस्तावको पक्षमा १ सय .४२  देशले मतदान गरेका थिए ।

चीन, रसिया, फिलिपिन्स भियतनाम, लाओसलगायत १० देशले विपक्षमा मत दिएका थिए । नेपाल, भारत, जापानलगायत एसियाका २६ देश अनु पस्थित रहे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);