एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, ३ मंसिर । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ तर सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने अनिश्चित छ ।

प्रधानमन्त्री अ‍ोली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् ।

मुलुकको कार्याकारी प्रमुखको भुमिमा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य प्रगति चौमासिक समीक्षा बैठक प्रधानमन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी बैठक आह्वान गरिसकेको  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);