कञ्चनपुर, ३० कात्तिक । ६ दिन देखि धर्ना बसेका निर्मलाका बुवाआमालाई सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले भेटघाट गरेका छन् । मन्त्री शाहले निर्मलाका बुवा–आमा धर्ना बसेको स्थल जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर अगाडी पुगेर भेटघाट गरेका हुन् ।
मन्त्री शाहले निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था बिग्रीदै गएको खबर बाहिर आएलगत्तै प्रदेश सरकारको तर्फबाट भेटघाट गर्न आएको बताए ।
निर्मलाका आफन्तसंग भेटघाट पछि मन्त्री शाहले निर्मलाका हत्यारा खोजिकार्यका लागि प्रदेश सरकार हदैसम्म लागि परेको बताए । उनले हत्यारा प्रक्राउ गर्न केन्द्र सरकारसंग अहिले समन्वय भईरहेको समेत जानकारी दिए ।
मन्त्री शाहले जाडोको समयमा अर्को दुर्घटना हुनसक्ने भन्दै आफ्नो स्वास्थ्यलाई समेत ख्याल गर्न आग्रह गरेका थिए । मन्त्री शाहले यस अघि पनि निर्मला र सन्नी खुनाको घरपरिवारसंग भेटघाट गरि पीडित परिवारलाई न्याय दिलाउने आवश्वासन दिएका थिए ।
निर्मलाको घरपरिवारले लामो समय वितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रदेश सरकार प्रतिपनि दुख व्यक्त गरे ।
निर्मलाका बाबु यज्ञराज पन्तले न्यायका लागि कञ्चनपुरदेखि राजधानी धाउँदा समेत सरकारले न्याय दिलाउन नसकेको गुनासो पोखेको थिए ।




