आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ

बारा, ३० कात्तिक । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले स्थानीय उत्पादनमा जोड दिन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् । बाराको सिमरा स्थित दुधौरा खोलाको किनारमा आयोजित “कृषि, पर्यटन तथा व्यापारीक मेलाको” उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले ५९ प्रतिशत काम गर्ने जनशक्ति रहेको नेपालमा बाहिरबाट आयात हुने समानका कारण आन्तरीक व्यवसाय प्रभावित हुँदै गएकोले अब आफ्नै देशको उत्पादनमा जोड दिन सबैलाई आग्रह गरे ।

शुक्रवारबाट शुरु भएको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव) मंसिर १० गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवले जिल्ला भित्र रहेका कृषिको अवस्था र सम्भावनाको विषयमा टेवा पुग्नुको साथै स्वदेशी उत्पादनलाई विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

करीब दुई लाखले अवलोकन गर्ने दावी गरिएको मेलाको पहिलो दिन राष्ट्रिय स्तरका कलाकारहरुले बेजोट प्रस्तुती दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);