सेभेन ए साइट फुटबल पिचको खर्च सार्वजनिक नहुँदा रकम हिनामिना भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सेभेन ए साइट फुटबल पिचको खर्च सार्वजनिक नहुँदा रकम हिनामिना भएको आशंका

rakam hinamina

काठमाडौं, २९ कात्तिक । एएफसीको सहयोगमा मकवानपुरको गढी गाउँपालिकामा बनाएको सेभेन ए साइट फुटबल पिचको लागत एक बर्ष वितिसक्दा पनि सार्वजनिक गरिएको छैन ।

एशियाली फुटबल महासंघ एएफसीले जिल्ला फुटबल संघ मकवानपुरको आर्थिक स्रोत ब्यवस्थापन गर्न एकवर्ष अघि सेभेन ए साइट फुटबल ग्राउण्ड निर्माण गरेको हो ।

एन्फामार्फत जिल्ला फुटबल संघलाई हस्तान्तरण हुनुपर्ने ग्राउण्ड निर्माण कम्पनी सेनकट्स स्पोट्र्स प्रालीले मकवानपुरको गढी गाउँपालिका स्थित भानु माध्यामिकविद्यालयलाई हस्तान्तरण गरेको छ ।बिद्यालयकै चौरमा निर्माण गरिएको उक्त कोर्ट एएफसीले एन्फालाई हस्तान्तरण गर्नुपर्ने थियो ।

प्रकृया मिचेर विद्यालयको चौरमा निर्माण गरिएको र ग्राउण्ड प्रकृया मिचेरै हस्तान्तरण भएको एन्फाका शिक्षा समिती सदस्य दिपेन्द्र ढकालले बताउनु भएको छ । एक करोड १५ लाखको लागतमा ग्लोबल टेण्डर मार्फत निर्माण गरिएको उक्त ग्राउण्डको लागत मूल्य अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);