ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २५ २०८०, सोमबार

ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग

भक्तपुर। ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ। इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो।ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ।एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर–१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर–१३ सेभेन ए साइड राष्ट«व्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो।

ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनांङ मस्र्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभबी हुन्। उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।

Leave a Reply