सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ । प्रतियोगिताको  छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन सफल भएका छन् । खेलमा बीबीएस तेश्रो वर्ष सीलाई हराई बीबीएस चौथो वर्ष छात्रतर्फ प्रथम र बीबीएस तेश्रो वर्ष वीलाई हराउँंदै बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम भएको हो ।

प्रतियोगिताका विजयी टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकायमा अध्ययनतर स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी रहेका थिए ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);