भरतपुरमा तीन महिनामा ७ अर्ब बढीको राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भरतपुरमा तीन महिनामा ७ अर्ब बढीको राजस्व संकलन

rajaswo chitwan

चितवन, १६ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको तीन महिनामा ७ अर्ब बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५।०७६ मा २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार रुपैंयाँ राजश्व संककल गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको थियो ।

असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा कार्यालयले ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ संकलन गरेको छ । यो लक्ष्य भन्दा १ सय १८ प्रतिशत बढी भएको राजश्व कार्यालयको भनाई छ ।

कार्यालयले गत वर्षका करदाताले आय विवरण पेस गर्दा आय विवरणसँगै घरबहाल कर पनि सोझै बैंकमा दाखिला गर्ने व्यवस्था गरेकाले वढी राजश्व संकलन भएको बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);