रसुवागढी भन्सार कार्यालयले साउनमा एक अर्ब तीन करोड राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रसुवागढी भन्सार कार्यालयले साउनमा एक अर्ब तीन करोड राजस्व संकलन

रसुवा भन्सार कार्यालय

काठमाडौं, ६ भदौ । रसुवागढी भन्सार कार्यालयले साउन महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा राजश्व कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । साउन महिनाको लक्ष्य भन्दा १ सय २० दशमलव २५ प्रतिशत बढी हो ।

कार्यालयले साउन महिनामा ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । गत वर्ष यही अवधिमा २६ करोड चार लाख ७७ हजार रुपयाँ राजस्व संकलन भएको थियो ।

यस वर्ष नाकामा सडक अवरुद्ध नभएका कारण राजस्व संकलनमा बृद्धि भएको भन्सार कार्यलयले जनाएको छ । रसुवागढी भन्सार कार्यालयले यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

रसुवागढी नाकाबाट रेडिमेड सामग्री, इलेक्ट्रोनिक सामग्री तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);