सुनमा पुँजीगत लाभकर लगाउने तथा भन्सार शुल्क बढाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

सुनमा पुँजीगत लाभकर लगाउने तथा भन्सार शुल्क बढाउने तयारी

gold

काठमाडौं, ७ भदौ । सुनमा पुँजीगत लाभकर लगाउने तथा भन्सार शुल्क बढाउने तयारी गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्वको दायरा विस्तारको लागि सुन बिक्रीमा पूँजीगत लाभकरको गृहकार्य गरेको बताउनुभएको छ।

लक्ष्य अनुसार राजस्व संकलन नभएको अवस्थामा राजस्वको दायरा विस्तारको सुन बिक्री गर्दा हुने लाभमा लाभकरको गृहकार्य गरिएको हो । पछिल्लो समय नेपालमा लगानीको लागि सुन खरिद गर्ने प्रचलन समेत बढेको छ ।

सुनको मूल्य बढ्दा लाभ समेत हुने भएकोले यसमा कर लगाउने अर्थमन्त्रालयले तयारी गरेको छ । तर व्यवहारिक रुपमा सुन बिक्रीमा लाभकर लगाउन भने सजिलो छैन ।

नेपालमा वाणिज्य बैंकलाई दैनिक १५ किलो सुन आयातको वैधानिक अनुमति छ । विदेशबाट फर्कने नेपालीले एक पटकमा १ सय ग्रामसम्म सुन ल्याउन पाउँछन् । यस बाहेक अनौपचारिक रुपमा सुन विभिन्न माध्यमबाट भित्रने गरेको छ ।

मन्त्रालयले करको दायरा विस्तारको लागि सम्पत्तिको हक हस्तान्तरणमा कर लगाए जस्तै सुनमा समेत लाभकर लगाउने तयारी गरेको हो । यसका साथै मन्त्रालयले सुनको भन्सार शुल्क पनि बढाउने तयारी गरेको छ ।

भारतको तुलनामा नेपालको भन्सार शुल्क कम भएपछि मन्त्रालयले सुनको भन्सार शुल्क बढाउने तयारी गरेको हो । अहिले नेपालमा सुनको मूल्य आकाशिएको छ । एक वर्ष अघि तोलामा ५६ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);