नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

naya note

काठमाडौं, २७ असोज । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो।

निर्वाणा बचत तथा ऋण सहकारी संस्थाका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपियाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए। जसमध्ये ५० रुपियाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन।

विगत १० वर्षदेखि सो सहकारीले मागअनुसार नयाँ नोट सटही गर्दै आएको थियो। यस वर्ष भने नयाँ नोट साट्नका लागि राष्ट्र बैंकले सहकारी संस्थालाई २ लाख रुपियाँ मात्र उपलब्ध गराएको छ। बजारमा राष्ट्र बैंकले उपलब्ध गराएकै रकम शंकास्पद देखिँदा आम उपभोक्ता त्रासमा छन्।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);