कैलाली, २३ असोज । कैलाली र बझाङमा जीप र ट्याक्टर दुर्घटना हुँदा आज ४ जनाको मृत्यु भएको छ । मंगलवार बझाङको बाग्थला देखि बुङगलको बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई बालबालिका सहित १२ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको देउरा प्राथमिक चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै, मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
त्यसैगरी, यता कैलालीको महुँन्याल गाँउपालिकाबाट ढुङ्गा बोकेर बर्दगोरिया तर्फ गईरहेको ट्याक्टर दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा वर्दगोरिया–१ का करिब ३५ वर्षिय डाँगु चौधरी र सोही ठाउँका करिब ४० बर्षीय सुरज कठरिया रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।
यस्तै, दुर्घटनामा वर्दगारिया –१ कै करिब २० बर्षीय भिम कठरिया घाईते भएका छन् । घाईतेको कठरिया बर्दगारिया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाईएको छ ।