फागुन १३ मंगलबार ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् ।
‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् । उनले चितवन पुगेर अध्यक्षकै आग्रहमा बोलेको भएपनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए ।उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।’त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे ।
उनले सार्वजनिकरूपमा माफी माग्दै पार्टीको अभियानलाई कुनै असर नपार्ने बताएका छन् ।
उनी हिजो झापाको कचनकबलमा भएको अभियान उद्घाटन समारोहमा सम्बोधनको क्रममा रिसाएका थिए । जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा चाहना गर्न चाहन्छु’, श्रेष्ठले भने ।




