बंगबन्धु गोल्डकप : नेपाल ताजकिस्तानसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

बंगबन्धु गोल्डकप : नेपाल ताजकिस्तानसँग भिड्दै

काठमाडौं, १६ असोज । बंगबन्धु गोल्डकपमा साविक विजेता नेपालले आज ताजकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । स्थानीय समय अनुुसार साँझ साँढे ६ बजे बंगलादेश लामा बजारस्थित साइलेड रंगशालामा हुुने खेलमा नेपालले यसपाली तुलनात्मक रुपमा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

छोटो तयारी गरेर बंगलादेश पुगेको नेपाल गत संस्करणमा जितेको पुरस्कार रकम पुरा नदिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगितामा भाग नलिने बताउँदै आएको थियो ।

तर, आयोजक बंगलादेशले बाँकी २५ हजार अमेरिकी डलर उपलब्ध गराएपछि नेपालले एक साताअघि मात्र बंगबन्धुमा भाग लिने निर्णय गरेको हो । अब अघिल्लो चरण पुग्ने सम्भावना जिवित राख्न पनि नेपाललाई पहिलो खेलमा जित आवश्यक छ ।

प्रतियोगितामा पहिलो सहभागिता जनाएको ताजकिस्तान पनि नेपाललाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । फिफाका अनुसार नेपाल र ताजकिस्तानले अहिलेसम्म दुई खेलमात्र खेलेका छन् ।

जसमध्ये दुबै खेलमा नेपाल पराजित भएको छ । फिफा वरियतामा पनि ताजकिस्तान नेपालभन्दा धेरै माथि छ । १ सय २० औं स्थानमा ताजकिस्तान रहँदा नेपाल १ सय ६०औं स्थानमा छ ।