समूह चरणको अन्तिम खेलमा नेपालद्वारा युएई पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

समूह चरणको अन्तिम खेलमा नेपालद्वारा युएई पराजित

काठमाडौं, १६ असोज । बंगलादेशमा जारी यु-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

नेपाल र युएई दुवै प्रतियोगिताबाट बाहिरिसकेका कारण प्रतिष्ठा जोगाउनका निम्ती खेलिएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

२६९ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोलीले खेलमा ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर २७५ रन बनाउँदै एसिया कपमा पहिलो जित हात पारेको हो । नेपालका लागि राष्ट्रिय टोलीका नियमित सदस्य रोहितकुमार पौडेल र युवा खेलाडी सुन्दिप जोरोेले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ९८ रन बनाए । त्यस्तै अर्का ब्याट्सम्यान सन्दिप जोराले ६ चौका र २ छक्का हान्दै ६७ रन बनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);