मध्यवर्ती क्षेत्रका लागि १७ लाख ६८ हजार बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

मध्यवर्ती क्षेत्रका लागि १७ लाख ६८ हजार बजेट विनियोजन

बाँके, ३ असोज । बाँके राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि १७ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विगतका वर्षहरुमा ८० देखि ९० लाखसम्म बजेट विनियोजन भएकोमा चालु आर्थिक बर्षका लागि साँढे १७ लाख रकम विनियोजन गरेको हो । छुट्याईएको रकम मध्ये बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँके सहित, सल्यान र दाङ्ग जिल्लाका ९ वटा मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा बाडफाँड गरिने निकुञ्जले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थर सम्मेलन मार्फत बाघ संरक्षणका लागि बाँके निकुञ्ज घोषणा गरेका थिए । यो निकुञ्जमा तीन सय प्रजातिका चरा, २२ जाती सरिसृप, ७ उभयचर, ५५ जातीका माछा रहेको निकुञ्जले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);