खर्चभन्दा राजस्व बढी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

खर्चभन्दा राजस्व बढी

budget rakam

काठमाडौं, ३ असोज । सरकारले चालू आार्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको छ ।

भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो ।
‘भदौ मसान्तसम्म एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएका छौँ’, मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यो गत वर्षको अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो।’

राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको उनले प्रष्ट पारे। समाचार आजको नागरिकमा छापिएको छ ।