रौतहट, २ असोज । रौतहटमा दुई किशोरीलाई सुतिरहेको अवस्थामा तेजाव प्रहार गर्ने मध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले तेजाव आक्रमण गरेको आरोपमा रौतहट चन्द्रपुर–६ का ५० बर्षिय रामवावु पासवानलाई काठमाडौंबाट पक्राउ गरेको हो । घटना भएको ६ दिन पछि प्रहरीले पासवानलाई किशोरीहरुको उपचार भएकै ठाउँबाट पक्राउ गरेको छ ।
पीडित सम्झनाको मोवाइलमा आरोपीतले १५ दिनमा एकसय ८० पटक फोन गरेको र नउठाएपछि आक्रोशमा आई तेजाव आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रक्राउ परेका पासवान अपराधिक पृष्ठभुमीको व्यक्ति भएको समेत प्रहरीको भनाई छ । चन्द्रपुर नपाका १८ बर्षिया सम्झना र १५ बर्षिया सुस्मिता दासलाई भदौ २६ गते राति सुतिरहेको अवस्थामा तेजाव प्रहार गरिएको थियो । दुवै दिदी बहिनीको अहिले उपचार भैरहेको छ ।