प्रवासी नेपालीका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिवद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रवासी नेपालीका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिवद्ध

कठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत प्रवासमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतमा क्रियाशील नेपाली संघ, संस्थाहरुको ज्ञापन पत्र बुझ्दै भारतमा रहेका प्रवासी नेपालीहरुको समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए ।

 

नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले दुई मुलुकबीचको विभिन्न स्तरमा छलफल गरी भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने योजना सुनाए ।

 

त्यस अवसरमा भारतमा क्रियाशील नेपाली संघ, संस्थाका प्रतिनिधिहरुले भारतीय सरह बैकिङ सुविधा दिलाई दिन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।

 

उनीहरुले भारतबाट नेपालमा टेलिफोन गर्न महंगो हुने भएकाले त्यसलाई कम गराउन, नेपाल भारतबीचको असमान सन्धि सच्याउन, भारतमा नेपाली लगानीमा धर्मशाला वा यात्रुगृह निर्माण गर्ने व्यवस्था गरिदिन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले विहिबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग ३० मिनेट ‘वान टु वान’ भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

 

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिने एजेन्डा तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);