एमालेलाई कमजोर पार्ने सपना नदेख्न मधेशी दललाई वामदेवको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एमालेलाई कमजोर पार्ने सपना नदेख्न मधेशी दललाई वामदेवको चेतावनी

कठमाडौं, ७ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेलाई कमजोर पार्ने सपना नदेख्न मधेश केन्द्रित दलहरुलाई चेतावनी दिएका छन् । उपाध्यक्ष गौतमले मधेश केन्द्रित दलहरुले एमालेलाई कमजोर पार्ने टिप्पणी गरेकोमा आपत्ति प्रकट गरे ।

 

उनले एमालेलाई ठेगान लगाउने सपना नदेख्न पनि मधेश केन्द्रित दलहरुलाई चेतावनी दिए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश र जनताको हितका लागि संविधान संशोधन विधेयक फेल गराउनु परेको तर्क गरे ।

 

उपाध्यक्ष गौतमले संविधान जारी गर्न आफ्नो पार्टीले नेतृत्वदायि भूमिका निर्वाह गरेकाले यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि आफ्नै पार्टीको काँधमा रहेको उल्लेख गरे । एमाले उपाध्यक्ष गौतमले मुलुकको सार्वभौमिकताको रक्षा एमाले बाहेक अन्य राजनीतिक शक्तिहरुले गर्न नसक्ने दावी गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);