मलको अभाव हुन नदिन मन्त्री यादवको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलको अभाव हुन नदिन मन्त्री यादवको निर्देशन

काठमाडौं, २७ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मलको अभाव हुन नदिन उचित व्यवस्था गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री यादवले मलको अभाव भईरहँदा तत्काल उचित व्यवस्था गर्न सम्बन्धित सरकारी निकायलाई सचेत गराए । बिहीबार काठमाडौंमा आयोजित साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मल, ग्याँस र चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ सहित सम्बन्धित निकायसँग बृहत छलफल गर्ने योजना अघि सारे ।

मन्त्री यादवले मुलुकलाई समृद्ध बनाउन सबैको एकतावद्ध प्रयासको आवश्यक्तामा जोड दिए । मन्त्री यादवले मुलुकको आवश्यक्ताको पहिचान गर्ने र समाधानका लागि सरकारसँग सहकार्य गर्ने दायित्व सबैको रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);