साफ च्याम्पियनसिप : आज नेपाल र भुटानबीच खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

साफ च्याम्पियनसिप : आज नेपाल र भुटानबीच खेल हुँदै

saff championship

काठमाडौं, २१ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । भुटानसंगको खेल बिहीबार ढाकास्थित बंगबन्धु रंगशालामा साढे ३ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा पराजित दुवै टोली एक–अर्काविरुद्ध जित निकाल्ने रणनीतिका साथ मैदान उत्रिँदैछन् । नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग २–० गोल अन्तरले पराजय बेहोरेको थियो । यसअघिका खेलमा पराजय बेहोरेका नेपाल र भुटान माथिल्लो चरणमा पुग्न दोस्रो खेलमा जित निकाल्नैपर्ने दबाबमा छन् ।

नेपाली टोली बंगलादेश जानु अघिदेखि सेमिफाइनल खेल्ने लक्ष्य रहेको बताउँदै आएको छ । तर, पहिलो खेलमा पाकिस्तानसँग अप्रत्याशित हार बेहोरेको नेपालले अर्को चरण पुग्न भुटानसँग जित निकाल्नैपर्ने दबाब रहेको छ । पाकिस्तानसँगको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल पराजित भएको थियो ।

भुटानसँगको खेलमा कप्तान विराज महर्जन, रोहित चन्द, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाउने अपेक्षा गरिएको छ । नेपाल र भुटानले अहिलेसम्म पटक पटक गरि १२ खेल एक–अर्काविरुद्ध खेलिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);