तीन वर्षदेखि १३ वर्षीया बालिका निरन्तर बलात्कृत ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

तीन वर्षदेखि १३ वर्षीया बालिका निरन्तर बलात्कृत !

rape

कोहलपुर, १९ भदौ । कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् । बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् ।

मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो । हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनाइृ उद्धृत गर्दै उनले भने । उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् । नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाई छ ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।