वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

money

काठमाडौं, १९ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो ।

यसरी हेर्दा गत बर्षसम्म कोषमा खर्च कटाएर ५ खर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ । अघिल्लो बर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो । रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रुपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ बर्षमा ५ खर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);