एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेटले पराजित

nepali cricket

काठमाडौं, १३ भदौ ।  एसिया कप छनोट प्रतियोगितामा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। मलेसियामा भएको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको थियो । ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको छ । ओमानका लागि खावर अलीले नटआउट ८४ रन बनाए। यस्तै जिसन मक्सुद ४५ रनमा नटआउट रहे।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २२ रन बनाएको थियो ।

ओपनल अनिल शाहलाई आराम दिएर सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा रनआउट भए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् । पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

लगत्तै नेपालले अर्को विकेट पनि गुमायो । राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । ओमानको बलिङ अगाडी नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन् ।

जसका कारण नेपालले ८० रन बनाउँदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए । त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर एक सय ७२ रन हुँदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौ विकेट गुमायो ।

त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता खोल्न पाएनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);