प्रिमियर लिग : टोटेनहमसँग युनाइटेड ३-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

प्रिमियर लिग : टोटेनहमसँग युनाइटेड ३-० ले पराजित

manchesterunited-vs-tottenham

एजेन्सी, १२ भदौ । इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले दोस्रो हार ब्यहोरेको छ । नयाँ सिजनको तेस्रो खेलमा दोस्रो हार ब्यहोर्ने क्रममा युनाईटेड टोटनह्यामसँग ३-० ले पराजित भयो ।

टोटनह्यामका लागि ह्यारी केनले १ र लुकास मोउराले २ गोल गरेका थिए । यो सिजनको सुरुवात देखि नै राम्रो लयमा नदेखिएको युनाईटेड गएराति टोटनह्यामसँग पराजित हुदा प्रशिक्षक जोजे मोउरिन्होको आलोचना झन बढेको छ ।

जारी प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको टोटनह्यामको तीन खेलबाट नौ अंक भएको छ भने गोल अन्तरका आधारमा टोटनह्याम लिभरपुल भन्दा एक स्थान तल रहेको छ ।

ताजा समाचार