काठमाडौं, ९ भदौ । भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ । बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र सुव्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाइने भएको हो ।
त्यसका लागि भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा यो प्रणाली लागू हुनेछ । काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना लाई आवतजावत गराउन सजिलो होस् भनेर जोर विजोर प्रणाली लागू गर्नु परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।




