कालोपत्रे उप्किएर हिलाम्मे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कालोपत्रे उप्किएर हिलाम्मे

kalopatre ukiyo

धनगढी, ९ भदौ । धनगढी उपमहानगरपालिकाका केही वडामा मनपरी तवरले वर्षायाममा ग्राभेल भएको छ । उपमहानगरपालिका–२ अन्तर्गतका पक्की सडकमा परेका खाल्डाखुल्डी अहिले पुरिएका छन् ।

बर्सातअघि नै खाल्डाखुल्डी पुर्न ध्यान नदिएको वडा कार्यालयले ३० प्रतिशत बढी महँगोमा ग्राभेल किनेर सडकमा खाल्डाखुल्डी भरेको छ । नदीजन्य पदार्थ उठाउन असार १ गतेदेखि भदौ मसान्तसम्म बन्द गरिएको छ । यो समयमा निर्माण व्यवसायीले स्टकमा रहेका नदीजन्य सामग्री महँगोमा बिक्री गर्ने गरेका छन् ।

वैशाख र जेठमा प्रतिघनमिटर ६ सय रुपैयाँमा पाइने ग्राभेल सामग्री अहिले ९ सय रुपैयाँमा किनेर पक्की सडकका खाडल पुरिन थालिएका हुन् । प्रतिघनमिटर नौ सय रुपैयाँमा ग्राभेल किनेर खाल्डाखुल्डी भरेको वडाध्यक्ष नरबहादुर बमले स्विकारे ।

उनले सडकमा खाल्डाखुल्डी भएपछि जनताले माग गरेको र महँगोमा भए पनि सडकमा ग्राभेल हालेको बताए । उद्यपि, यसअघि भने उक्त सडक एडीबीको ऋण सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत परेको भन्दै कुनै पनि मर्मत कार्य अगाडि बढाइएको थिएन ।

वडा कार्यालयले ट्राफिक चौराहदेखि जिल्ला शिक्षा कार्यालय हुँदै सन्तोषी टोलको चर्चसम्म ग्राभेल गरेको छ । त्यस्तै, तिल्केताल, एभरेष्ट स्कुल क्षेत्रमा पनि ग्राभेल गरिएको छ । कार्यालयले अहिलेसम्म ६४ ट्र्याक्टर ट्राली ग्राभेल हालेको जनाएको छ । वडा कार्यालयले प्रतिट्रली ३ हजार ६ सय रुपैयाँका दरले २ लाख ३० हजार ४ सय बजेट खर्च गरेको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);