बकर ईदमा सार्वजनिक विदा दिन सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

बकर ईदमा सार्वजनिक विदा दिन सांसदको माग

sanghaiya samsadh

काठमाडौं, ५ भदौ । सांसदहरुले मुस्लिम समुदायको महानपर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन । मंगलबारको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरिन्।

सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद अनिता देवकोटाले वर्षातको मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरुमा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराईन् । उनले दाङमा मापदण्ड विपरित सञ्चालनमा रहेका सिमेन्ट उद्योग हटाईदिन पनि सरकारसँग माग गरिन्।