नुवाकोटमा बस खस्यो एकको मृत्यु, ४९ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नुवाकोटमा बस खस्यो एकको मृत्यु, ४९ घाइते

nuwakot bus accident

नुवाकोट, ३१ साउन । नुवाकोटको बुङ्ताङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात गम्भीरसहित ४९ जना घाइते भएका छन् ।

बुङ्ताङबाट काठमाडौंका लागि छुटेको पासाङल्हामु यातायात प्रालिको बा२ख २८०४ नम्बरको बस बिहान १० बजे विदुर नगरपालिका– १० स्थित लामाटारमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरबाट काठमाडौंमा पु¥याइएकी विदुर नगरपालिका– ७ तुप्चे महादेवखर्ककी ५६ वर्षीया मोतीमाया तामाङको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । गम्भीर घाइते भएका सात जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि उपचारका लागि अपराह्न काठमाडौं स्थित ग्रान्डी र ग्रिन सिटी अस्पताल लगिएको छ ।
सो दुर्घटनामा घाइतेहरू ज्ञानबहादुर तामाङ, चोकनी तामाङ, टीकामाया तामाङ, इसाइन तामाङ, होमबहादुर तामाङ, बिनामाया तामाङ, पूर्णबहादुर तामाङ, वीरबहादुर विक, उत्तम तामाङ, प्रेमकुमारी तामाङ, रिजम तामाङ, लेसाङ तामाङ र प्रेमसिङ तामाङ रहेका छन् । मिनी ट्रकलाई साइड दिन लागेका बेला बस पछाडि हटाउने क्रममा सडक भासिएर ५० मिटर तल खसेको थियो । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);