विराटनगर, ३० साउन । मोरङको विराटनगर महानगरपालिकाले बढाएको करको दर घटाएको छ । कर बढाएको भन्दै स्थानीयले विरोध गरेपछि महानगरले केही शीर्षकमा कर घटाएको हो।
जनगुनासो आएपछि महानगरले जन्मदर्ता, मृत्युुदर्ता, सम्बन्ध बिच्छेद लगायतका शीर्षकमा करको दर घटाएको हो । महानगरले स्थानीयलाई सरल र सहज रुपमा सेवाप्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।