मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको काममा तिव्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको काममा तिव्रता

काठमाडौं, १६ मंसिर । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो ।

कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाव संलकन महानगरले गरिरहेको छ । महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताउनुभयो ।

महानगरले मोबाइल भ्यान मार्फत स्वाव संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उहाँले बताउनुभयो । ११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वा संलकन भइरहेको बताउनुभयो ।

उहाँले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढीरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);