संसद सचिवालयको पीसीआर परीक्षण जारी, हालसम्म ६ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

संसद सचिवालयको पीसीआर परीक्षण जारी, हालसम्म ६ जनामा संक्रमण पुष्टि

काठमाडौं । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज बिहीबार पनि कोभिड-१९ परीक्षणका लागि स्वाव लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाव संकलन गरेको हो ।

हिजो स्वाव दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाव दिएका छन् । त्यसैगरी अन्तराष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु , संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने सचिवालयले जनाएको छ ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ ।

यसैबीच हिजो बुधबार स्वाव दिएका ४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संघीय संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);