बाजुरा, ५ भदौ । निर्वाचन आयोगले तोकेको एक महिनाको अवधिमा बाजुरामा पाँच हजार तीन सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
आयोगले तोकेको साउन १ देखि भदौ ३ गतेसम्ममा बाजुराका नौवटा स्थानीय तहमा मतदाता नामावलीमा नाम छुटेकाहरुले नाम दर्ता गराएको र त्रुटि भएकाहरुले सच्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नाम थप भएसँगै आगामी निर्वाचनमा ७० हजार तीन सय ४७ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण बाजुरामा मतदाता नामावली संकलन निकै कठिनाइबीच सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।