अब घरमै बसी-बसी बिजुलीको महसुल तिर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, ५ भदौ । विद्युतको महसुल तिर्नलाई लाईन बस्नुपर्ने झन्झटलाई नेपाल विद्युत प्राधिकरणले कम गरेको छ । अब ग्राहकले घरमै बसीबसी विद्युतको महसुल तिर्न पाउने भएका छन् । प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यतालाई हटाउँदै सोमबार देखि इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सुरु गरेको हो ।

 

लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

 

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताको तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने भएको छ।

 

सेवा सुचारु बारे जानकारी दिन सोमबार अयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको बताए । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।

 

त्यस्तै सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);