मतदाता नामावली दर्ताको समय ३ दिन थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवराज खनाल , कैलाली, १ भदौ । मतदाता नामावलीमा नाम लेखाउन तोकेको समयसीमाभित्र पनि नाम लेखाउनेको भीड बढेपछि निर्वाचन आयोगले तीन दिन समय थप गरेको छ । आयोगको निर्देशनअनुसार कैलालीको लम्कीचुहा नगरपालिकाले पनि मतदाता नामावलीमा नाम संकलनका लागि समय थप गरे पनि नाम लेखाउनेको भीड घटेको छैन ।

 

मतदाता नामावलीमा नाम लेखाउनेको भीड नघटेपछि निर्वाचन आयोगले भदौ ३ गतेसम्मको समय थप गरेको हो । म्याद थप गरेसँगै वर्षा र बाढीका कारण मतदाता नामावलीमा नाम लेखाउन नसकिरहेकाहरुलाई पनि सहज भएको छ । स्थानीय बासिन्दाले पाँच दिनदेखि धाउँदा पनि नाम लेखाउन नपाएको गुनासो गरेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहहरुले भीड बढेअनुसार कर्मचारी व्यवस्थापन नगरेपछि मतदाता नामावलीमा नाम लेखाउने चाहनेहरुले सास्ती पाएका हुन् । लम्कीचुहा नगरपालिकाले भने निर्वाचन कार्यालयसँग कर्मचारी माग गर्दा पनि नपाएपछि आफैं जसोतसो व्यवस्थापन गरेको जनाएको छ ।

 

यसअघि निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र साउन १६ गतेदेखि ३२ गतेसम्म देशभरका गाउँपालिका र नगरपालिकाबाट मतदाता नामावलीमा नाम संकलन गरिरहेको थियो । तर, एक महिना समय दिए पनि नाम लेखाउनेको भीड नघटेपछि समय थप पुनः थपिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);