सर्वोच्चले केही दिनमै नयाँ प्रधानन्यायाधीश पाउँछ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

सर्वोच्चले केही दिनमै नयाँ प्रधानन्यायाधीश पाउँछ : प्रचण्ड

prachanda-1

बारा, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले केहि दिन मै नयाँ प्रधानन्यायधीश पाउने बताएका छन् ।

बारामा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले बुधबार प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएकाले केहि दिनमै सर्वोच्चले नयाँ नेतृत्व पाउने बताए । उनले परिषदले वरिष्ठताको आधारमा नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अन्तिम टुंगो लगाउने बताए ।

यसअघि प्रधानन्याधीसमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको प्रसंगमा अध्यक्ष दाहालले समितिमा परेका उजुरीको निष्पक्ष छानबिन भएको स्पष्ट पारे ।

फरक प्रसंगमा अध्यक्ष दाहालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर पार्टी भित्र असन्तुष्टी बढेको भन्ने हल्ला मात्र भएको बताउँदै श्रेष्ठ आफ्नो जिम्मेवारीमा फर्किने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);