मेक्सिकोमा विमान दुर्घटना हुँदा ९७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

मेक्सिकोमा विमान दुर्घटना हुँदा ९७ जना घाइते

एजेन्सी, १६ साउन । मेक्सिकोको दुरङ्गो शहरमा विमान दुर्घटना हुँदा ९७ जना यात्रु घाइते भएका छन् । चालक दलका चार सदस्य सहित १ सय तीन यात्रु सवार रहेको विमान भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै दुर्घटनामा परेको हो ।

दुरङ्गो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी मेक्सिकोका लागि उडेको जहाज ५ मिनेटपछि नै दुरङ्गो शहरमा दुर्घटना भएको हो । चालक दलका चार सदस्य सहित १ सय तीन यात्रु सवार रहेको विमान दुर्घटना ९७ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हस्पिटल पु-याइएको छ । विमानस्थल अधिकारीहरुको प्रारम्भिक अनुमान अनुसार वर्षा र असिना परेको कारण विमान दुर्घटना भएको हो । विमानमा आगलागी हँुदा ज्यान जोगाउन यात्रुहरुको भागाभाग भएको थियो ।

उद्घारकर्ताहरुले घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पु¥याउन सघाएका थिए । मेक्सिकोका सिभिल डिफेन्स प्रवक्ता अलेहंद्रो कारदोसाले दुर्घटना लगत्तै विमानमा आगो लागेको तर आगोको चपेटामा कोही नपरेको जानकारी दिए ।

विमान दुर्घटनामा बाँचेका एक यात्रुले दुर्घनाबारे जानकारी दिँदै जहाज उडान भरिसकेपछि एक्कासी विमान हल्लिएको र विमान तल झरेपछि आगो लागेको बताए । विमान दुर्घटनाको यथार्थ कारण विमानको ब्ल्याक्स बक्स परीक्षणपछि मात्र थाहा हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);