डा. केसीलाई प्रधानमन्त्रीको प्रस्ताव, चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डा. केसीलाई प्रधानमन्त्रीको प्रस्ताव, चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्नुहोस्

dr kc visit

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्न खुला प्रस्ताव गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसका अवसरमा पार्टी सचिवालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ने क पा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि केसीको अध्यक्षतामा आयोग बनाउन सरकार तयार रहेको बताए । ‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउनुहोस् । चिकित्सा शिक्षा आयोगको अध्यक्ष पनि तपाईं आफै बन्नुहोस्,’ ओलीले बहसमा उत्रिन चुनौती दिँदै भने, ‘तर्कपूर्ण बहस गरौं । तपाईं नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ । तपाईं नै अध्यक्ष बन्नुस् ।’

प्रधानमन्त्री ओलीले केही मानिसको अनशन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको ठोकुवा गरे । सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न भने सरकार सदैव तयार रहेको उनले बताए । मेडिकल एसोसिएसनका नाममा डाक्टरहरूले हुलहुज्जत गरेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारी जागिर खाएका डाक्टरले आफ्नो स्वार्थका लागि उपचार गर्दिनँ भन्नु अमानवीय भएको बताए । प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसलाई देखेर दया लागेको बताए । सबै कुरा गुमाइसकेको जसरी डा. कसीको अनशनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति गर्न खोजेको भन्दै आफूलाई दया लागेको बताए ।

‘म कांग्रेसलाई भन्न चाहन्छु । गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के हो ’ ओलीले भने, ‘सरकारी टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गर्छौं भन्दा कोही आतंकित हुनुपर्दैन ।’ प्रधानमन्त्री ओलीले कांग्रेसका परिभाषामा अरू पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको बताए । पञ्चायतकालमा पनि कम्युनिस्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनस्र्थापना गरौं भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने कांग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिस्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको ओलीले बताए ।

लोकतन्त्र ल्याउन कम्युनिस्टहरूले जेलनेल भोगेको इतिहास जीवितै रहेको बताउँदै ओलीले मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन, सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको बताए । पुष्पलालको नेतृत्वमा ९ वैशाख २००६ वैशाखमा नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी)को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलोपटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन ७ साउन २०३९ मा भएको थियो ।

पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ने क पा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर डा. केसीको पुच्छर बनेर लाग्नु विडम्बनाको विषय भएको बताए । दुई तिहाइको समर्थनप्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको दाहालले बताए । प्रतिक्रान्तिका तागतले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षड्यन्त्रस्वरूपका क्रियाकलाप भइरहेको उनले बताए ।

कांग्रेसले डा. केसीलाई मारेर लासको राजनीति गर्न चाहेको बताउँदै दाहालले यही बुद्धि र तरिका कांग्रेसको हुने हो भने इतिहासको विषय बन्न धेरै बेर नलाग्ने उनले बताए । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);