चिकित्सा आयोग उपाध्यक्षमा गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिकित्सा आयोग उपाध्यक्षमा गिरी

dr shree krishna giri

काठमाडौं, २७ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा.श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले जानकारी दिए ।

वीर अस्पतालमा कार्यरत गिरी हाड जोर्नी विशेषज्ञ हुन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टरसमेत हुन् ।

उपाध्यक्षको चार वर्षे कार्यकाल हुन्छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको समितिले गिरीको नाम सिफारिस गरेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);