डोल्पा, ४ साउन । डोल्पामा नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन् ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत जवान २२ वर्षीय ध्रुव चन्द ड्यूटीमा रहेका बेला असावधानीवश आफैंले चलाएको गोली लागेर घाइते भएका हुन् ।
गोली लागेर चन्दको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए । चन्द बोल्न नसक्ने अवस्थामा छन् । कैलालीको धनगढीका चन्दलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।