नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर गम्भीर घाइते

goli

डोल्पा, ४ साउन । डोल्पामा नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत जवान २२ वर्षीय ध्रुव चन्द ड्यूटीमा रहेका बेला असावधानीवश आफैंले चलाएको गोली लागेर घाइते भएका हुन् ।

गोली लागेर चन्दको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए । चन्द बोल्न नसक्ने अवस्थामा छन् । कैलालीको धनगढीका चन्दलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);