डा. केसी लिन गएको हेलिकप्टरलाई स्थानीयको अवरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसी लिन गएको हेलिकप्टरलाई स्थानीयको अवरोध

dr kc

काठमाडौं, ३ साउन । अनसनरत डा. गोविन्द केसीलाई लिन हेलिकप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीलाई स्थानीयवासीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशमा रोक लगाएका छन् ।

केसीलाई माग पूरा नगरी जर्बजस्ती काठमाडौं लान खोजिएको प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र स्थानीयवासीले आरोप लगाएका छन् । उनिहरुले सरकारी टोलीलाई केसीसमक्ष पुग्न अवरोध खडा गरेका थिए ।

अवरोधपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डा. केसीले आफ्नो माग पूरा नभएसम्म जुम्ला नछाड्ने अडान लिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);