कर्णाली चिनाउन पनि जुम्लामा अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णाली चिनाउन पनि जुम्लामा अनशन

jumla dr kc

काठमाडौं, २४ असार । शिथिल मुद्रा, मुस्किलले बोल्न सक्ने अवस्था, ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा, छाती र मांशपेसीको दुखाइ, यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा.गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन्।

सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए । उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ’ ‘हजुरलाई कस्तो छ’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ।’ कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ। ‘कचर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो।

जुम्लाको स्वास्थ्य उपचार र उनको स्वास्थ्य खतराप्रतिको अड्कलबाजीलाई केसीले सहजै चिरिदिए । ‘कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि,’ उनले भने, ‘यहाँका मान्छे यही अस्पतालका भरमा छन् भने मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ’ उनले प्रतिष्ठानका तर्फबाट आफूूले राम्रो उपचार पाइरहेको सन्देश पनि दिए । उनले भने, ‘म यहाँका चिकित्सकप्रति विश्वस्त छु।’

‘जुम्ला अनशन थामथुम पारेर रोकिने अनशन हैन, अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ । बरु म मर्छु तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड हुन दिन्नँ।’ उनले केही दिनअघि मात्रै सरकारले काठमाडौंबाट पठाएका स्वास्थ्यकर्मीबाट उपचार सेवा नलिने भन्दै अस्वीकार गरिदिएका थिए।

‘म यहाँका जनताको स्वास्थ्य सेवा राम्रो होस् भनेर अनशन बस्न आएको हुँ’, उनले भने, ‘यहाँका जनतासँगै यहाँको स्वास्थ्य सेवा लिएर बस्छु, मलाई बाहिरका चिकित्सकको उपचार किन चाहियो ’ त्यसो त, उनी जुम्लाका जनताप्रति पनि विश्वस्त छन् । जनताकै साथ र मायाले सफल हुने दृढता उनमा छ । उनले भने, ‘म जनताको मायाले बाँचेको छु, जनताका लागि अनशनमा छु ।’ जुम्ला अनशनको आठौं दिनसम्म आफ्ना मागलाई सरकारले गम्भीररूपमा नलिएको डा. केसीले राम्रैसँग बुझेका छन् । यस्तो अवस्थामा वार्ता र संवादको सम्भावना नै नदेखिएको डा. केसीले बताए । ‘अनशन ज्यानको बाजी लगाएर बस्ने हो, मृत्यु कति ठूलो कुरा भयो र,’ उनले भने, ‘तर यो सरकारको अधिनायकवादी चरित्र अगाडि लम्पसार परेर कुनै पनि हालतमा अब सुत्दिनँ।’

१५ औं अनशनका लागि जुम्ला रोजेका डा. केसीले आफ्नो अहिलेको लडाइँ विगतभन्दा निकै कडा रहेको बताए । यसअघिका अनशनका माग सरकारले केवल अनशन तोडाउनका लागि कार्यान्वयन गर्ने झूठो कागजमात्रै गरेको उनको दाबी छ । तर जुम्ला अनशनले सबै माग एकैपटक सम्बोधन गर्न सरकारलाई बाध्य पार्ने उनले बताए । ‘मेरा यसअघिका अनशनका क्रममा पूरा गर्ने भनेर कागज गर्ने तर व्यवहार झनै उल्टो देखाउने काममात्रै भयो,’ उनले भने, ‘तर यो जुम्ला आन्दोलन पुराना अनशन जसरी थामथुम पारेर रोकिने हैन, अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ । बरु म मर्छु तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड हुन दिन्नँ।’

किन जुम्लामै अनशन
स्वास्थ्य सुधार माग राखेर केसी अनशन बसेको यो १५ औं पटक हो। उनले ११ औं अनशन स्थल दाङ रोजेका थिए । उनी घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा अनशन बस्नग दाङ आए पनि। तर राप्ती उपक्षेत्रीय अस्पतालले केसीलाई अस्पतालमा अनशन नबस्न भन्यो । ठिक त्यतिबेलै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले माग सम्बोधन गरिदिने मौखिक सहमति दिएपछि डा. केसी दाङमा अनशन नबसेर काठमाडौं फर्किएका थिए । त्यसपछि उनले १५ औं अनशनका लागि जुम्ला रोजे । डा.केसी चाहन्छन्, काठमाडौँ बाहिरका नागरिकको स्वास्थ्य अवस्था कस्तो छ भनेर राज्यले पनि थाहा पाओस्।

डा.केसीका अनुसार जुम्ला अनशन कर्णालीको स्वास्थ्य अवस्थाको नाजुक स्थितिबारे सरकारलाई जानकारी दिनु पनि हो। ‘सरकार माफियाको पछिपछि दौडिरहेको छ, उसले दुर्गमको स्वास्थ्य अवस्थामा चासो लिनु जरुरी नै ठान्दैन,’ केसीले भने, ‘कर्णालीको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे माफियाकेन्द्रित सरकारले थाहा पाओस्, माफियालाई पोस्न सक्रिय सरकारको ध्यान कर्णालीतिर पनि पुगोस् भनेर म यहाँ आएको हुँ।’ जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ८ वर्ष पुगे पनि यहाँ एमबिबिएस तहको पढाइ हुन सकेको छैन। कर्णालीका दुर्गम भेकका नागरिक औषधि नपाएरै मर्नुपर्ने अवस्था रहेको भन्दै उनले भने, ‘तर अधिनायकवादतर्फ उद्यत रहेको सरकारलाई माफिया पोस्न भ्याइनभ्याइ छ।’

कालीकोटबासी केसीलाई भेट्न जुम्ला
आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई भेट्न कालिकोटका जनाताको प्रतिनिधि टोली जुम्ला आएको छ। डा। केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला आएका हुन्। उनीहरूले डा.केसीको स्वास्थ्य अवस्था बुझेर उनका मागप्रति ऐक्यबद्धता जनाउँदै अन्तिमसम्म साथ दिने बताएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. केसीका माग पूरा गर्न सरकारले तदारुकता देखाउन र जीवनरक्षा गर्न माग गरेका छन्।

तिला गुफा नगरपालिका– ५ का वडाध्यक्ष टीकाराम न्यौपानले चिकित्सा शिक्षमकम आमूल परिवर्तनका लागि डा. केसीले सत्याग्रह थालेको भन्दै कालिकोटमा पनि ऐक्यबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम अघि बढाउने बताए। उनले वर्तमान सरकारले डा. केसीको अनशनको अपमान गर्दै माफियामुखी ऐन ल्याउन लागेको भन्दै आपत्ति जनाए। उनले भने, ‘डा. केसी सर्वसाधारण नगारिकप्रति उत्तरदायी हुनुहुन्छ, सरकार माफियामुखी । अहिलेको स्वास्थ्य शिक्षा सम्भ्रान्त वर्गको पक्षमा छ, दलाल, डन र माफियाका पक्षमा छ,’ उनले भने, ‘डा. केसीले सर्वसाधारण नागरिकको सर्वसुलभ स्वास्थ्य शिक्षाका लागि उठाएको आवाजमा हातमा हात जोडेर अघि बढ्न सक्नुपर्छ।’

तिला गुफा नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाज र शिक्षकसहितको टोलीले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाएको हो। नेपाल शिक्षक संघ कर्णाली प्रदेशका उपमहासचिव नवीन हमालले डा. केसीको अनशन व्यक्तिगत नाफाका लागि नभई तीन करोड नेपाली जनताका पक्षमा भएको बताए। उनले भने, ‘कसैले जनताको स्वास्थ्य अवस्थामा खेलवाड गर्न मिल्दैन,’ डा. केसीका माग जायज छन् । मागको उचित सम्बोधनका लागि चौतर्फी दबाब सिर्जना गर्न अफिल गर्छौं।’

चिकित्सक संघ टोली पनि जुम्ला
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाल चिकित्सक संघको टोली पनि जुम्ला आएको छ। चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डिराज पौडेल र प्रकाश बुढाथोकी जुम्ला आएका हुन्। उनीहरूले डा। केसीको स्वास्थ्य अवस्था बुझ्दै प्रत्येक सत्याग्रहमा झैं योपटक पनि साथ दिने प्रतिबद्धता जनाए। वरिष्ठ उपाध्यक्ष पौडेलले भने, ‘डा. केसीको जीवन रक्षा र उनले अघि बढाएका मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधनका लागि सरकारसँ माग गर्छौं । कर्णाली जस्तो दुर्गम ठाउँमा डा। केसी अनशनमा बसेकाले आकस्मिक खतरा आए सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन कठिन हुने देखिन्छ तर यहाँको चिकित्सक र मेडिकल टिमप्रति डा. केसी विश्वस्त हुनुहुन्छ।’ आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);