‘गैरन्यायिक नियन्त्रणमा’ डा. केसी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘गैरन्यायिक नियन्त्रणमा’ डा. केसी

govinda

काठमाडौं, १९ असार । स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखी १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा शनिबार पक्राउ गरिएका उनलाई प्रहरीले सोमबारसम्म पक्राउ पुर्जी दिएको छैन । हिरासतमै अनशन सुुरु गरेका केसीलाई प्रहरीले जुम्लाको कभर्ड हलमा ल्याएर छाडेको बताए पनि कसैलाई जिम्मा नलगाएको उनका सहयोगी किशोर केसीले जानकारी दिए ।

प्रहरीको अघोषित नियन्त्रणमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गर्दासमेत प्रशासनले अस्पताल लैजान दिएको छैन । जुम्लाका डीएसपी डा. पदमकुमार दाहालले डा. केसीलाई केही समय मात्रै नियन्त्रणमा लिइएको बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);