आठ प्रतिशत आर्थिक वृद्धि गर्ने मौद्रिक नीति तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आठ प्रतिशत आर्थिक वृद्धि गर्ने मौद्रिक नीति तय

nepal rastra bank

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य अनुसारको मौद्रिक नीति तय गरेको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको दिगो विकासलाई मौद्रिक नीतिले जोड दिएको बताए ।

कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदरलाई अघि बढाउन सहज अवस्था आएको निष्कर्ष निकाल्दै त्यसलाई अघि बढाउन पूँजीको मात्रा बढाउन आवश्यक नीतिगत व्यवस्था पनि गरेको उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अनुत्पादक क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);