काठमाडौँ ।
राष्ट्रिय सभाको शुक्रवार बस्ने बैठकमा ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफल र पारित गरिने कार्यसूची तय भएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रश्तुत गर्नुहुनेछ ।
विधायन व्यवस्थापन समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि सदनमा छलफल भएपश्चात सोही बैठकमा मन्त्री पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । मुलुकका अमूर्त सांस्कृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि थप प्रक्रियाका लागि प्रतिनिधि सभामा पठाइनेछ ।




