पशुपतिनाथको ढोका बिहान ३ बजे नै खुल्ला | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

पशुपतिनाथको ढोका बिहान ३ बजे नै खुल्ला

PASHUPATINATH

काठमाडौं, ३२ असार । साउन महिनाको सबै सोमवार पशुपतिनाथ मन्दिरको चारैढोका बिहान ३ः०० बजेदेखि नै खुला हुने भएको छ । साँझ ७ः३० बजे आरती सकिएपछि साविक अनुसार नै मन्दिरको ढोका बन्द हुन्छन् ।

पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार बोलबम यात्रीका लागि पङ्क्तिवद्ध हुन नपर्ने व्यवस्था छ । मन्दिर प्रवेश गर्नेे सिँढीतर्फको पूर्वी ढोकापनि खुला हुन्छ ।

बोलबम बाहेकका भक्तजनलाई पश्चिम, दक्षिण र उत्तर रुद्रगोडेश्वरतर्फबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । पशुपतिनाथ बाहेक नौ शिवालय, एघार शिवालय, भष्मेश्वर लगायतका शिवालयमा पनि भक्तजन पुगून् भन्ने चाहना राखिएको छ । यसै अनुसार पशुपति क्षेत्र विकास कोषले आवश्यक व्यवस्थापनको पूर्व तयारी गरेको छ ।

यो पटक एक लाखभन्दा बढी बोलबम यात्रीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । बोलबम यात्रीको व्यवस्थापनका लागि ओम् बोलबम काँवरिया सङ्घ सभाले बारा कलैया निवासी सुनिल ठाकुरको अध्यक्षतामा कार्यकारी समिति पुनर्गठन गरेको छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);